रामचन्द्रको नजरमा नविन्द्र

रामचन्द्रको नजरमा नविन्द्र

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नविन्द्रराज जोशीको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको बताउनुभएको छ ।

जोशीको १३ औं पुण्यतिथिका दिन राष्ट्रिय सभागृहमा कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले कर्म र विचारको संयोग भएका उदीयमान नेताको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘नविन्द्रराज जोशीको बारेमा हामी सबैलाई थाहा छ एउटा लोकपृय नेता, अत्यन्त लोकपृय नेता,विचारवान नेता,विचारशील नेता र कार्मशील नेता,विचार मात्र होइन कर्म र विचार दुईवटैको संयोग, इमान्दारिता मात्र होइन योग्यता र इमान्दारिता दुईवटैको संयोग, नविन्द्रराज जोशी एक होनहार, उदीयमान नेतालाई आज नेपाली कांग्रेसले गुमाएको छ ।

यो घडीमा हामी सम्पूर्ण कांग्रेसजनहरु, नेपालका लोकतन्त्रवादीहरु र नविन्द्रजीका सबै शुभचिन्तक, परिवारजनदेखि लिएर समस्त सचेत नागरिकले यो अभावलाई, अत्यन्त ठूलो क्षतिको रुपमा लिनुपरेको छ ।’

नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्दस जुनसुकै बेला पनि अनुचित किसिमका सम्झौता स्वीकार नगरी देश र जनताको सेवामा खट्दै आउनुभएको वरिष्ठ नेता पौडेलले स्मरण गर्नुभयो ।

उहाँले नविन्द्रराज जोशी नैतिकताको प्रतिक रहनुभएको पनि बताउनुभयो ।

टिप्पणीहरू