मान्छे किनमेलका वस्तु हुन् र सरकार ?

मान्छे किनमेलका वस्तु हुन् र सरकार ?

मान्छे बस्तु होइनन्, मान्छेको किनबेच हुन्न । तर गरिब, खान नपाउने, उत्पिडित, महिला र दलनमा परेकाहरु अहिले पनि बस्तु जस्तै बनाइएका छन् । शरिर त बेचिन्नन् यिनका,सिक्रीले बाँधिन्नन् यिनलाई तर ब्यवहारत: यिनले आफुलाई नबेचेसम्म यिनको घरको चुलो जल्दैन।

कतै आठघण्टा, कतै दशघण्टा , कतै दिनभर आफुलाई बेचिरहेका हुन्छन् । राजनीतिमा एउटा पदावली छ राजधर्म । झट्टहेर्दा यो राजाको धर्म भनिए जस्तो बुझिए पनि यो भनेको शासनमा बसेकाहरुले आफ्ना नागरिकहरु प्रति रहेको जिम्मेवारीलाई भनिएको हो । शासनमा बस्नेले जनताको भलाईको निम्ति कामगर्नु पर्छ भनेको हो ।

केटाकेटी छँदा सुनेको ( फ्याक्ट चेक गरेको छैन) , काठमाण्डाै कै कुनै एउटा नपढेको राजाले आफ्ना प्रजाले खान पाए नपाएको यकिनगर्न प्रजाको घरधुरीबाट धुवाँ निस्केको हेर्न खाना पकाउने समय पारेर धरहरा चढ्थे । अब त नयाँ धरहरा ठडिएको छ झ्यालैझ्याल भएको । यो धरहरा चढेर पनि हेर्लान कि नागरिकका घरबाट धुँवा निस्के ननिस्केको कुरा अहिलेका पढेलेखेका बिद्वान शासकहरुले पनि । जनताको घरको धुरीबाट धुवाँ निस्केको हेर्नेकुरा राजधर्म बुझाउने राम्रो उदाहरण हो ,बुझेमा ।

आजको समयमा नागरिकको सबैभन्दा ठुलो र आधारभूत अधिकार भनेको नागरिकले आत्मसम्मानपुर्बक बाँच्न पाउने नै हो । यो अधिकारको प्रत्याभूत गराउने जिम्मा वा काम शासन गर्नेको हो। शासनमा बसेकाले आफ्नो न्युनतम कर्तव्य अर्थात राजधर्मको पालना गर्दियो भने यो पाउँन सकिन्छ । तर शासकहरुले यस्तो धर्मको पालना गरेर आफ्नो जिम्मेवारी पुरा गरिरहेका भने छैनन् । किन गर्दैनन् बडो रहस्यमय छ।

स्यालको टाउकोबाट सिङ हराए झै, चुच्चे रेल , पानी जहाज लगभग गायब भैसके, धेरै राम्रो भएको छ। यथार्थको धरातलमै उभिएको राम्रो हो। गाउँमा अनिकाल लाग्ला जस्तो छ चुच्चे रेलको के काम ? कोरोनाको कहर थपिदै छ, पानी जहाजको के काम ।कोरोनाले अब अनिकाललाई पनि छिटो छिटो निम्त्याउने जस्तो देखिन्छ। हुँदाखाने तमामजनलाई भ्याक्सिनको बन्दोबस्त त गर्नैपर्छ। के कस्तो तयारी भइरहेको होला ? राजधर्म निभाउने कि के गर्ने ?

कम्युनिस्ट पार्टीले परिकल्पना गरेको शासन र समाज भनेको न्याय र समानतामा आधारित शासन र समाज हो । राजधर्म निभाउने शासन नै हो । यस्तो समाज ब्यवस्थालाई समाजवादी शासन भनिन्छ। यस्तो शासन ब्यवस्थाले जनताको निम्ति शिक्षा ,स्वास्थ्य र रोजगार सबैलाई बिना भेदभाव उपलब्ध गराउने जिम्मेवारी लिन्छ । अर्को तरिकाले भन्दा स्कुल जानुपर्ने उमेरका बालबालिका पेटपाल्नुपर्ने समस्याले गिट्टी कुट्न जान पर्नेछैन, भनेको हो । झाडापखाला लाग्दा जीवनजल नपाएर मर्नुपर्ने अवस्था आउने छैन भनेको हो । गरिबभन्दा गरिब महिलाले पनि पैसाको अभावले सुत्केरी हुन अस्पताल जान नसकेर जीवन गुमाउनुपर्ने अवस्था आउने छैन भनेको हो । तर, यस्तो अवस्था कसरी आउँछ त ?

कम्युनिस्ट पार्टीले सरकार चलाउन पायो र आफ्नो प्रतिबद्धता अनुसार काम गर्यो भने यस्तो ब्यवस्था आउन सक्छ । बिगत दुई तिनबर्ष देखि समाजवाद ल्याउने हो भन्ने कम्युनिस्ट पार्टीको सरकार छ। यो सरकारले यदि अग्ला अग्ला भ्यु टावरहरु बनाउन खर्चगर्ने पैसा बिद्यालय भवनहरु निर्माणगर्नमा खर्च गर्यो भने , मुर्तिमा सुनको जलप लगाउने पैसा वडामा स्वास्थ्य चौकी बनाउन खर्च गर्ने हो भने त्याे ब्यवस्था आउँछ । सबैलाई रोजगारी दिनसक्ने उद्वेश्य राखेर धेरै भन्दा धेरै उद्योग ,कलकारखानाहरु खोल्ने र चलाउने हो भने , चौडा र लामा राजमार्गहरु बनाएर ,ठुलाठुला खेलमैदानहरु बनाएर रोजगारीको सृजना गर्ने हो भने यस्तो हुनसक्छ ।

हुनेखानेहरुसङ्ग के छैन ? सबथोक छ। तिनलाई त राज्यले केही गर्नै पर्दैन। कलकारखाना तिनकै छन् ,धेरै जग्गा जमिन तिनैकाे छ , ठुलाठुला व्यापार-ब्यवशायहरु तिनकै छन्, पुलिस र सेना पनि तिनकै नजिकमा, अदालत र सरकार पनि तिनकै प्रभावमा हुन्छन् ।खासमा यो बर्गलाई त उन्नत किसिमको समाजवाद छ देशमा।तिनका निम्ति त बिरामी पर्दा घरमै डाक्टर आउँछन् । नभए फाइभस्टार हस्पिटलमा उपचार हुन्छ । छोराछोरीलाई पढाइदिन स्कुल कलेजले छात्रवृत्ति बोकेर घरमै आउँछन् । राशन किन्न बजार जानू पर्दैन ,घरमै आउँछ। न गासको चिन्ता , न बासको , नत कपास, न शिक्षा ,न स्वास्थ्य र रोजगारीकै चिन्ता । त्यसकारण राज्यले हेर्ने भनेकोनै तिनै श्रम बेचेर गुजारा गर्ने बर्गलाई हो ।

हुन त ठुला कुराहरु अब हराउने क्रममा छन् स्यालको टाउकोबाट सिङ हराए झै, चुच्चे रेल , पानी जहाज लगभग गायब भैसके, धेरै राम्रो भएको छ। यथार्थको धरातलमै उभिएको राम्रो हो। गाउँमा अनिकाल लाग्ला जस्तो छ चुच्चे रेलको के काम ? कोरोनाको कहर थपिदै छ, पानी जहाजको के काम ।कोरोनाले अब अनिकाललाई पनि छिटो छिटो निम्त्याउने जस्तो देखिन्छ। हुँदाखाने तमामजनलाई भ्याक्सिनको बन्दोबस्त त गर्नैपर्छ। के कस्तो तयारी भइरहेको होला ? राजधर्म निभाउने कि के गर्ने ? यो जत्तिकै अर्को डरलाग्दो समस्या अनिकाललाई पनि कोरोनाले ल्याउने सङ्केत देखिँदैछ । जनतालाई यो अनिकालको समस्याबाट जोगाउने, बचाउने जिम्मेवारी पनि सरकारको हो। यसतर्फ बिचार गरिएको छ कि छैन ? यहाँ पनि राजधर्मकै कुरा छ। जनतालाई रोग र भोकबाट गल्न नदिनु हरकोही शासनकर्ताको राजधर्म हो ।

अहिलेको शासनगर्ने जिम्मेवारी पाएको दल कचिंगलमा फसेको छ । जनताका मुद्दाहरु हराएका छन्।मनि,मसल र माइण्ड सत्ता बचाउनमा प्रयोग भइरहेको छ। यो राम्रो होइन । एउटा लोकगीत छ- “..एक भनेको एक हो कान्छा दुई भनेको दुई ..” दुई हुँदाको झलक त पत्रकारको चुनावमा देखिइसक्यो। कम बिग्रिँदानै बनायो भने बिग्रिन्न। धेरै बिग्रिसकेको छैन ।सम्हालिन जरुरी छ । सम्हालियो भने जनताका गास, बास,कपास,शिक्षा ,स्वास्थ्य र रोजगारका मुद्दामा केन्द्रित हुन सकिन्छ। आखिर यो दल त जनतालाई समाजवादमा लैजान बनेको हो नि।

यहाँ मेरो सुझाव छ-“एँडीले टेकेर उभिँदा अग्लो भएको जस्तो देखिन्छ तर अग्लो भइन्न।उभिएर शीर झुकाउँदा पनि होँचो भएको जस्तो देखिन्छ तर होँचो भइन्न। एक पटक झुकेर अग्लो हुने हो कि ?”
धन्यवाद !

-दिनेश रायमाझी 

टिप्पणीहरू