हावा खुस्काएको रिसमा सांसद बसेको घरतिर ढुंगा हान्दा..

हावा खुस्काएको रिसमा सांसद बसेको घरतिर ढुंगा हान्दा..

सांसद झपटबहादुर रावलको डेरामा ढुंगामुढा गर्ने दुई युवक पक्राउ परेका छन् । काठमाडौँ-३१ स्थित कारेश्वर मन्दिर नजिक रावल बस्ने घरमा ढुंगामुढा गरेको आरोपमा प्रहरीले रामेछापका मनोज तामाङ र पाँचथरका नसिम लिम्बुलाई समातेको हो ।

तामाङ र लिम्बुले हिजो राति रावल बस्ने ध्रुवलाल श्रेष्ठको घरमा पौने ११ बजे पसेर ढुंगामुढा गरेको महानगरीय प्रहरी अपराध महाशाखाका उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

प्रहरीले ढुंगामुढाको कारण खुलाएको छैन । तर,अस्ति राति मापसे गरेर घरअगाडि मोटरसाइकल पार्किङ्ग गर्दा हिजो फेरि गाली गरेको र त्यही निहुँमा चक्काको हावा खुस्काइदिएको रिस पोखिएको बताइन्छ ।

पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाएको पंगेनीले बताए ।

टिप्पणीहरू