उदयपुरमा ५ घर खरानी

उदयपुरमा ५ घर खरानी

उदयपुरको चौदन्डीगढी नगरपालिका ८, वीरेन्द्रबजारमा आज बिहान भएको आगलागीमा परी ५ घर जलेर नष्ट भएका छन् ।
आगलागी विद्युत सर्टबाट शुरू भएको थियो । आगलागीबाट कला राई, डमर राई, बादल राई, पद्मा राई र कृष्ण मगरको घर पूर्णरूपमा खरानी भएको छ ।
आगलागीबाट घरसहित एक करोड ३० लाख रूपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी ३ घन्टापछि नियन्त्रणमा आएको थियो ।
स्थानीयवासी, जनपथ तथा सशस्त्र प्रहरी र दमकलको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएको बताइन्छ ।

टिप्पणीहरू