कोरोनाबाट सर्वाधिक ८८ जनाको ज्यान गयो

कोरोनाबाट सर्वाधिक ८८ जनाको ज्यान गयो

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि मृत्यु भएका २६ जना गरी ८८ जनाको निधन भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार २ सय ९३ जनामा गरिएको परीक्षणबाट ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टी भएको छ ।

मन्त्रालयको विवरणमा १८ हजार ७ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ तथा ५ सय ६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चार दिनमा १३ हजार ४ जना संक्रमणमुक्त भएको जनाइएको छ ।

टिप्पणीहरू