ओमले क्षमा माग्दै भन्यो-अब बिरामी भर्ना गर्दैनौँ
ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले संक्रमणका बिरामी भर्ना नगर्ने भएको छ ।
आज एक सूचना जारी गर्दै अस्पतालले आफूसँग पर्याप्त जनशक्ति हुँदाहुँदै पनि संक्रमणका बिरामी भर्ना गर्न नसक्ने बताएको हो ।
महामारीको समयमा आफ्नो श्रोत र साधनले भ्याएसम्म बिरामीको उपचार गर्दै आएको बताउँदै अस्पतालले अक्सिजनको आपूर्तिमा कमि भएकोले बिरामी भर्ना नगर्ने बताएको छ ।
अस्पताल प्रशासनद्वारा जारी सूचनामा सरकारले नियन्तृत कोटामा अक्सिजन आपूर्ति गर्न थालेपछि अक्सिजनको अभाव भएको बताइएको छ ।
मानव संशाधन पर्याप्त हुँदा पनि अक्सिजन अभावले गर्दा अस्पतालले सेवा दिन असमर्थ रहेकोमा क्षमा माग्दै अक्सिजनको सहज आपूर्ति हुनासाथ पुनः बिरामी भर्ना गर्ने बताएको छ ।
टिप्पणीहरू