बिरामीलाई अक्सिजन छैन,गाउँपालिकालाई बाख्रा किन्ने हतार

बिरामीलाई अक्सिजन छैन,गाउँपालिकालाई बाख्रा किन्ने हतार

मुलुक कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त बनेको बेला कपिलवस्तुको यशोधरा गाउँपालिका अक्सिजन सिलिण्डर र औषधीमुलोको व्यवस्थापन नगरी बाख्राको पाठापाठी र बोका किन्न तम्सिएको छ ।

अहिले लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा संक्रमण प्रकोप फैलँदो छ । कपिलवस्तु जिल्लामा पनि त्यसको चाप थेगिनसक्नु छ । आफ्नो यशोधरा गाउँपालिकामा संक्रमितको संख्या बढेको अध्यक्ष गिरदेशकुमार पाण्डेयले समेत बताएका छन् ।

“ज्वरो आएका र रुघा खोकी लागेकाले पनि पीसीआर परीक्षण गर्न मान्दैनन् । मैलै के गर्न सक्छु ! दुई चार जना बितेको सुनेको छु ।”

उनी भन्छन् ‘गाउँमा भारतबाट आएका धेरै जना छन् । ज्वरो आएका र रुघा खोकी लागेकाले पनि पीसीआर परीक्षण गर्न मान्दैनन् । मैलै के गर्न सक्छु ! दुई चार जना बितेको सुनेको छु ।

गम्भीर बिरामीहरू कपिलवस्तुको जिल्ला अस्पताल,बुटवल र भैरहवा जाने भएकाले गाउँपालिकाले खासै चासो लिनुपरेको छैन ।’

तर बिरामी अक्सिजनको अभावमा छटपटाइरहेको बेला यशोधरा गाउँपालिकालाई बाख्रा र बोका किन्न किन्न हतार भएको देखिन्छ ।

“जिल्लाबाट फोन आयो, मानिस मर्न लागे घरमै । दाजु, एउटा भए पनि सिलिण्डर जोहो गरिदिनु पर्यो ।”

गाउँपालिकाले हिजो एक सूचना निकाल्दै ७ दिनभित्र पशु प्रजननको लागि उन्नत जातको बोका र बाख्राको निम्ति दर रेट उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

जिल्लामा अक्सिजन सिलिण्डरको हाहाकार भएको बेला बाख्राको रेट सोधिनुलाई कतिपयले लगनको बेलामा हगन भनेका छन् ।

यहि विषयमा कारोबार दैनिकमा कार्यरत सन्जय पन्थीले लेखेका छन् ‘जिल्लाबाट फोन आयो, मानिस मर्न लागे घरमै । दाजु, एउटा भए पनि सिलिण्डर जोहो गरिदिनु पर्यो ।

माओवादीकालमा यसैगरी फलानाले मानिस मार्न लगे भन्दा दिन रात नभनी कति कलम चलाएर बचाइयो,कति आईसीआरसीमा सूचना दिएर बचाइयो । तर यतिबेला भने,केही उपाय नै चलिरहेको छैन ।’

उनी लेख्छन् ‘तैपनि जिल्लामा हारगुहार गरेँ,एउटा सिलिण्डर प्राप्त हुन सकिरहेको छैन । मानवीय संवेदनाको पीडा फिल गर्दैछु, आफू मारिँदै छु भन्दा पनि पीडा हुँदो रहेछ,पत्रकारिताका क्रममा कपिलवस्तुमै पटक–पटक आफू मारिनबाट बाँचेको अनुभव अरु कुनैबेला शेयर गरौंला,तर यतिबेला जिल्लाबाट आएको चित्कार गुञ्जिरहेको छ ।

आदरणीय जनप्रतिनिधिज्यू,आफूले मत माग्दै हिँडेका र मत दिएका मतदाताका अनुहार सम्झिनुस् त ?’

टिप्पणीहरू