तत्काल अक्सिजन उपल्ब्ध गराऊ : सर्वोच्च अदालत
सर्वोच्च अदालतले कोरोना संक्रमण र महामारीलाई ध्यानमार राखेर तत्काल अक्सिजन र आवश्यक औषधी उपल्ब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले जारी गरेको आदेशमा भनिएको छ ‘निवेदकबाट माग गरिएको विषय मानिसको जीवनसँग तत्काल प्रत्यक्ष सरोकार राख्ने अस्पतालमा नभई नहुने अत्यावश्यक जनशक्ति आपूर्तिको समस्या, संक्रमित व्यक्तिहरूको दिनदिनै बढ्दै गइरहेको संख्यालाई दृष्टिगत गरी उपचारबाट कसैले पनि विमुख हुन नपरोस् भन्नाको लागि थप साधनयुक्त अस्पतालहरू सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्ने समेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने अवस्था देखिएकाले आवश्यक औषधी र अक्सिजनको आपूर्ती सहज बनाउन थप साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनु ।’
सर्वोच्चले मन्त्रालयलाई देशभरका अस्पताल र अक्सिजन अभावका बारेमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ ।
अधिवक्ता शैलेन्द्र प्रसाद अम्बेडकरले मन्त्रालयविरुद्ध अदालतमा दायर मुुद्दामा स्वयम् निवेदक र अधिवक्ता मोहना अन्सारीले बहस गर्नुभएको थियो ।
टिप्पणीहरू