काेराेनाकाे बिरामी बढेपछि स्वास्थ्य सामाग्री अभाव

काेराेनाकाे बिरामी बढेपछि स्वास्थ्य सामाग्री अभाव

-राजेशचन्द्र राजभण्डारी
काेराेना भाइरसकाे नयाँ भेरिएन्टका बिरामी ह्वात्तै बढेपछि गण्डकी प्रदेशको पहिलो काेराेना अस्पताल धाैलागिरि अस्पताल बागलुङमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्वास्थ्य सामाग्रीकाे अभाव हुन थालेको छ । काेराेना समुदायस्तरमा पुगेपछि यतिबेला अस्पतालका बेड भरिभराउ भएको छ ।

काेराेना भाइरसकाे दाेस्राे चरणको नयाँ भेरिएन्ट समुदायस्तरमा फैलिए संगै धाैलागिरि अस्पताल बागलुङमा काेराेनाका बिरामी बढेपछि स्वास्थ सामाग्रीकाे अभाव हुन थालेको छ ।

गण्डकी प्रदेशको पहिलो काेराेना अस्पताल बागलुङमा यतिबेला काेराेना संक्रमित बिरामीकाे चाप बढेपछि स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्वास्थ्य सामाग्री अभाव भएको धा‌ैलागिरि अस्पताल ब्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।

दैनिक ४ वटा पिपि लगायतका स्वास्थ सामाग्री खपत हुने अस्पतालमा यतिबेला काेराेनाकाे बिरामी ह्वात्तै बढेपछि दैनिक १५ वटा भन्दा बढी खपत हुन थालेको छ ।

काेराेना संक्रमित बिरामीको स्वास्थ जाँच गर्दा स्वास्थ्यकर्मीले प्रयाेग गर्ने पिपि सेट ग्लाेपस लगायतका सामाग्री धेरै बाकी नभएको हुदा समस्या हुन थालेको आइसाेलेस वार्ड इन्चार्ज शान्ति भण्डारीले बताए ।

२५ जना संक्रमित भर्ना गर्ने क्षमता भएको अस्पतालमा काेराेना संक्रमित बिरामी ३० जना भन्दा बढी आइसाेलेसन वार्डमा भर्ना भएपछि स्वास्थ्यकर्मीले लगाउने पिपि सेट लगायतका सामाग्री अहिले धेरै खपत भएको इन्चार्ज भण्डारीले बताए ।

काेराेना संक्रमण समुदायस्तरमा फैलिए पछि जिल्ला प्रशासन कार्यालय बागलुङले बैशाख ३० गतेसम्म जिल्ला भर निषेधाज्ञा जारी गरेपनि यतिबेला गाउँ गाउँमा संक्रमित दिनहुँ दर्जनौं थपिदै जाँदा बिरामीले उपचारको लागि अस्पतालमा बेड पाउन सकेका छैनन् ।

अहिले जिल्ला भर संक्रिय संक्रमित ३५० जना भन्दा बढी पुगिसकेको छ अहिले धेरै जस्तो संक्रमित बिरामी अस्पताल बेड नपाएपछि घरमै हाेम आइसाेलेसनमा बसेका छन् भने १५ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू