समाजसेवी सिजनले दिइन् आइसोलेसनलाई आफ्नो घर

समाजसेवी सिजनले दिइन् आइसोलेसनलाई आफ्नो घर

केही साता यता कोरोना महामारीका कारण अस्पतालमा बिरामी र तिनका आफन्तलाई पाइला टेक्ने ठाउँ छैन ।

यसरी धेरैले उपचार नपाएर अकाल ज्यान गुमाउनु परेको खबर आएपछि राजधानीको नागार्जुन नगरपालिकाकी एक समाजसेवीले आफ्नो निजी निवास होम आइसोलेसनका लागि दिएकी छन् ।

नगरपालिकाको वडा नं. ५ निवासी सिजन श्रेष्ठले महामारी बढेकाले सर्वसाधारणलाई सजिलो होओस् भन्दै निजी घर दिएकी हुन् ।

संक्रमित बिरामी बढेको, कतिपयले अस्पतालको प्राङ्गणमै प्राण त्यागिरहेको देखेर उनले निजी घर वडा कार्यालयलाई कोरोना भाइरसबाट समस्या परेकाको निम्ति होम आइसोलेसन सेन्टर बनाउन उपलब्ध गराएको नगरपालिकाको ५ नम्बर वडाका अध्यक्ष महेश रिमालले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू