विश्वका वुध्दिजीवीले कसरी हेरे नेपालको संसद विघटनलाई ?

विश्वका वुध्दिजीवीले कसरी हेरे नेपालको संसद विघटनलाई ?

नेपालमा गए राति प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरिएपछि छिमेकी मुलुकहरूको चासो बाहिर आउन थालेको छ ।

विशेषगरी दक्षिणी मित्रराष्ट्रको उक्साहटमा पछिल्लो राजनीतिक घटनाक्रमको विकास भएको ठान्ने आन्तरिक तथा केही वाह्य विश्लेषकहरूको आशंकामा बल पुग्नेगरी त्यसका केही संकेत देखिन थालेका छन् ।

अन्तर्राष्ट्रिय स्वतन्त्र थिङ्क ट्याङ्क भन्ने गरिएको ब्रुकिङ्स फरेन पोलिसीमा आवद्ध एकजना गैरआवासीय भारतीय विश्लेषकले नेपाली समयअनुसार आज बिहान ३ बजे नेपालको राजनीतिमा भारतले के चाहेको भन्ने आशय उल्लेख गरेका छन् ।

कन्स्ट्यान्टिनो ह्याभियरले लेखेका छन् ‘मेरो विचारमा भारतले नेपालको मध्यावधि निर्वाचन घोषणाको स्वागत गर्नेछ । सामान्यतयाः आफ्ना छिमेकी मुलुकहरूमा हुने राजनीतिक गतिरोधमा भारतले नयाँ निर्वाचनको लागि बल दिने गरेको छ । त्यसैगरी शक्ति सन्तुलनमा समेत जोड दिन्छ । चाहे त्यो काम जतिसुकै खराब भए पनि प्रजातान्त्रिक ठानिन्छ ।’

यसअघि भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालमा कम्युनिष्टहरू बलियो छउञ्जेल प्रजातन्त्र बलियो हुँदैन भन्ने ठानेकोलाई पनि ती विश्लेषकको टिप्पणीमा संकेत गरिएको छ । उनले यसबारे बेला बेलामा लेख्ने समेत गरेका छन् । त्यो काम नेपालका अरु कुनै नेताबाट सम्भव नभएपछि अहिले उपयुक्त पात्रको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली चयन गरिएको बताउन थालिएको छ ।

नभन्दै तीन वर्षअघि महान् भारत विरोधी भनेर भारतद्वारा नै प्रचारमा ल्याइएका ओलीलाई आड भरोसा दिएर अहिले महान् बनाइएको छ । उहाँकै पहलमा दोस्रो पटक संसद विघटन गरेर छँदाखाँदा अवस्थाको दुई तिहाई नजिकको कम्युनिष्ट शक्तिलाई अल्पमतमा झारिएको छ ।

अब कात्तिक र मंसिरमा पनि नहुने चुनावपछि मुलकबाट कम्युनिष्टहरूको असली रुप देखिनेमा भारतीय संस्थापन पक्ष व्यग्र प्रतिक्षामा बसेको स्पष्ट भएको उनको धारणा छ ।

टिप्पणीहरू