संसद विघटनविरुध्द उदयपुरमा पनि राँके जुलुस

संसद विघटनविरुध्द उदयपुरमा पनि राँके जुलुस

उदयपुरका युवाहरू कडा निषेधाज्ञा तोड्दै मसाल बोकेर सडकमा निस्किएका छन् । प्रदर्शनकारी युवाहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत दहन गरेका छन ।

राँके जुलुसको प्रदर्शनी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाईसीएलले आयोजना गरेको हो । प्रदर्शनकारीले दुवै मिलेर देशलाई संकटमा पुर्याएको आरोप लगाएका छन् ।

आजको बिरोध कोरोना महामारी भएको बेला साँकेतिक रुपमा गरिएको बताउँदै आगामी दिनमा स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै कडा बिरोध कार्यक्रम गरिने वाईसीएलका उदयपुर संयोजक ज्ञानेन्द्र मगरले बताएका छन् ।

टिप्पणीहरू