राससको जीएममा १२ जनाको प्रतिस्पर्धा,महिला बाहिरै
सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिको रिक्त महाप्रबन्धकका लागि १२ जना पत्रकारको आवेदन परेको छ ।
एक पदका लागि राससका वर्तमान र पूर्व कर्मचारीदेखि स्वतन्त्र र श्रमजीवी पत्रकारले समेत आवेदन गरेका हुन् ।
आवेदन दिनेहरुमा सुरेन्द्रबहादुर नेपाली,श्यामप्रसाद रिमाल, टेकबहादुर (राज) थामी,विजय पौडेल,माधवप्रसाद ढुङ्गेल, रामहरि सिलवाल,सिध्दराज राई, श्यामदत्त भट्ट,सूर्यमणि गौतम, दीपक ज्ञवाली,मनोहरि थापा र बालकृष्ण बस्नेत रहेका छन् ।
अन्यत्र समावेशीस्वरुप देखिने गरे पनि राससको महाप्रबन्धकमा भने आवेदन नगरेका कारण महिलाको प्रतिस्पर्धात्मक सहभागिता देखिएको छैन ।
केही बर्षअगाडि छोटो समयका लागि त्यहाँ निर्मला आचार्य महाप्रबन्धक हुनुहुन्थ्यो ।पछिल्ला महाप्रबन्धक ओपेन्द्र शर्माको चार बर्षे कार्यकाल भर्खरै सकिएर नयाँ आवेदन खुलेको हो ।
टिप्पणीहरू