डाक्टरको दुःखेसो, ‘बालुवाटारलाई सेतोकोट र कालोकोट लगाउनेहरु बिझाउँछन्’
वि.सं.२०३० को दशकमा अमृत साइन्स कलेज पढ्दादेखि अहिले वरिष्ठ चिकित्सकको दर्जा पाउँदासम्म उनी तत्कालीन माले र पछि एमालेको कार्यकर्ता र शुभचिन्तक हुन् । हिजो श्रध्दाले शीर झुकाएको क्षण सम्झँदै आज अधिकांश नेताहरु दोग्ला बनेकोमा उनै डाक्टरले चित्त दुःखाएका छन् ।
परिचय नखोल्ने शर्तमा जनआस्थासँग कुराकानी गर्दै उनले भने ‘राजनीतिमा यति साह्रो फोहोरी खेल देखेपछि मनै मरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सामुन्ने कसैले पनि बोल्न नसक्ने अवस्था छ । हिजो अध्ययनशील र बौध्दिक नेताको छवि बनाएका सुवास नेम्वाङ, प्रदीप ज्ञवालीजस्ता नेताले समेत कालोलाई कालो र सेतोलाई सेतो भन्न नसकेपछि मन मरेको छ ।’
यस्तै अवस्था कायम राखेमा मुलुकमा बैशाख,जेठताका महामारी दोहोरिने बताएका थिए ।
प्रजातान्त्रिक समाजमा पनि प्रधानमन्त्री ओलीले आफ्ना वरिपरि बस्नेलाई जुध्द समशेरले झैं ‘सेतोलाई कालो’ भन्न लगाएको र त्यसो होइन भन्न नसकेमा ती चर्चित चिकित्सकको नेम्वाङ र ज्ञवालीहरुसँग पनि आश मरेको हो । भन्छन्,‘परिचय दिएँ भने भोलिदेखि म मात्रै होइन, हामीसँग निकट अरु डाक्टर पनि कोपभाजनमा पर्न सक्नुहुन्छ । त्यसैले मनको बह पोखेको मात्रै हुँ ।’
बालुवाटारले अहिले कालो कोट लगाउने वकिलहरुलाई झैँ आफू अनुकूल नबोल्ने सेतो कोट लगाउने डाक्टरलाई समेत ब्ल्याक लिष्टमा राखेको प्रसंग सुनाउँदै उनले बताए,‘गत वर्ष कोरोना महामारी शुरु हुँदासम्म त बालुवाटार र स्वास्थ्य मन्त्रालयबाट बेलाबखत चिकित्सकहरुको सल्लाह मागिन्थ्यो । विशेषतः त्यस्तो भेलामा सरुवा रोग र जनस्वास्थ्यविद्हरु जाने गर्थे । तर, अहिले ती सबैलाई आफू अनुुकूल राय नदिएको झोंकमा ढोका बन्द छ ।’
“त्यस्तो भेलामा सरुवा रोग र जनस्वास्थ्यविद्हरु जाने गर्थे । तर, अहिले ती सबैलाई आफू अनुुकूल राय नदिएको झोंकमा ढोका बन्द छ ।”
चिकित्सकहरुले क्लिनिकल्ली प्रमाणित कुरा मात्र गरेपछि बालुवाटारलाई नपचेको उनको बुझाई छ । गएको मंसिर,पुसताका तीमध्येका एकजना विशेषज्ञले संक्रमणको अवस्थालाई हेलचेक्राईं नगर्न सुझाव दिएका थिए । पश्चिमा मुलुककाे सुख सुविधा छाडी आएका उनले सरकारी तवरबाट भइरहेको भेला, आमसभा र अन्य भीडतर्फ लक्षित गर्दै यस्तै अवस्था कायम राखेमा मुलुकमा बैशाख,जेठताका महामारी दोहोरिने बताएका थिए ।
हुन पनि सरकारले हिउँदताका मुलुकमा कोरोना उन्मूलन भएको अनौठो प्रवृत्ति देखाएको थियो । ती चिकित्सकले निरन्तर स्वास्थ्य सुरक्षाको मापदण्डबारे खबरदारी गर्दै आए । उनले कोरोना घट्यो भनेर हेल्चेक्राईं नगर्न सर्वसाधारण र सरकारलाई निरन्तर खबरदारी गरे ।
एकपटक बालुवाटारको प्रधानमन्त्री ओली उपस्थित कार्यक्रममा उनले कोरोना संक्रमणमा गरिने हेलचेक्राईंले उत्पन्न गराउनसक्ने भयावह अवस्थाबारे वैज्ञानिक आधारसहितका दृष्टान्त प्रस्तुत गरेका थिए । तर प्रधानमन्त्रीलाई यो सुझाव नपचेको उनीहरुको बुझाई छ । त्यसअघिसम्म सच्चा सल्लाहकार भएका भनिएका डाक्टरलाई गैह्रमित्र समूहमा राखेर व्यवहार गर्न थालिएपछि त्यो सबै घटनाक्रमलाई नजिकबाट नियालेका एकजना वरिष्ठ डाक्टरले ‘खुईया’ गरे ।
उनको निचोड छ,‘ती विज्ञले सरुवा रोगबारे राजनीतिज्ञहरुले बारम्बार गल्ती गरेको भन्न थालेपछि सल्लाह नै लिन छाडियो । व्यावसायिक सल्लाहलाई पनि राजनीतिक जोड घटाउसँग दाँजेर हेरियो ।’
टिप्पणीहरू