चुनावप्रति प्रधानमन्त्रीको आत्मविश्वास के हो ?

चुनावप्रति प्रधानमन्त्रीको आत्मविश्वास के हो ?

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उत्कट चाहना र लक्ष्य भनेको सकभर आफू अकण्टक सत्तामा रहने,अरुको हातमा कुर्सी जाने लागे आफ्नै नेतृत्वमा मध्यावधि निर्वाचन हो । यसैनिम्ति अर्को पाँच बर्ष चलाउन निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने उद्घोष गरिरहनुभएको छ ।

पार्टीको आन्तरिक राजनीति र मुलुकको अवस्थाले भने सुखद संकेत गरिरहेको छैन । यही सेरोफेरोमा हामीले बालुवाटारनिकट एक जना नेतालाई सोधेका थियौं ‘यस्तो अवस्थामा पनि प्रधानमन्त्रीले के को आधारमा दुई तिहाईको सपना देख्नुभएको होला ?’ उहाँको जवाफ छ ‘आत्मविश्वास’ ।

‘छलफलमा बरु हेरौंला माधवले कहाँबाट जित्दा रहेछन् ? झलनाथ कहाँबाट उठ्दा रहेछन् ? अनि प्रचण्डलाई चितवनबाट सजिलै हराइदिन्छु भन्नेसम्मको चर्चा हुन्छ । आफ्ना मान्छेको भविष्यबारे कुनै मतलब छैन ।’

उहाँले थप प्रष्ट पार्दै भन्नुभयो ‘प्रधानमन्त्रीज्यूलाई मैले गएर चुनावमा मतपेटिकाको ढ्वाँङ मात्रै थापे पुग्छ,मत स्वाइँस्वाइँ ओइरिन्छ,खोलामा थापिएको ढडियामा माछा ओइरिएझैँ मत खस्छ भन्ने लागेको छ ।’

तर वहाँलाई आफू र आफ्ना मान्छे कहाँबाट जित्छन् भन्ने मतलवचाँहि छैन । अहिलेसम्म त्यसबारे हिसाब नगरेको समेत उनै नेताले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘छलफलमा बरु हेरौंला माधवले कहाँबाट जित्दा रहेछन् ? झलनाथ कहाँबाट उठ्दा रहेछन् ? अनि प्रचण्डलाई चितवनबाट सजिलै हराइदिन्छु भन्नेसम्मको चर्चा हुन्छ । आफ्ना मान्छेको भविष्यबारे कुनै मतलब छैन ।’

‘माओवादी र माधव समूह पत्ता साफ हुनेछ र गरिनेछ भन्ने योजनामै दिन बित्दो छ ।’

आफ्ना मान्छेलाई जिताउनेभन्दा पनि विरोधी सबैलाई हराउने र स्वाद चखाउने चिन्ता र चासो मात्रै प्रधानमन्त्रीमा बढेको अर्को स्रोतले पनि बताएको छ । प्रधानमन्त्री निकटहरूको छलफलको निश्कर्ष सुनाउँदै स्रोत भन्छ ‘माओवादी र माधव समूह पत्ता साफ हुनेछ र गरिनेछ भन्ने योजनामै दिन बित्दो छ ।’

तर हालै सम्पन्न राष्ट्रियसभा सदस्यनिम्ति बागमती र लुम्बिनीको उपनिर्वाचनमा एमाले नेता र सांसदले समेत भोट क्रस गरेर अन्य चिन्हमा मतदान गरेको देखिएको छ । यसबाट हिजो सूर्यमा मतदान गरेका सर्वसाधारणले अर्को चुनाव चिन्हमा मतदान गर्दैनन् भन्ने ज्ञारेण्टी नभएको सन्देश दिएको छ । गोप्य मतदानको सुन्दर पक्ष नै त्यहि हो भन्दै एकजना विश्लेषक भन्छन् ‘आफूलाई मन परेको चिन्ह,पार्टी वा उम्मेदवारलाई भोट हाल्ने नै गोप्य मतदानमा हो ।’

राष्ट्रियसभाको उपनिर्वाचनमा बालुवाटार निकट भनिएका प्रदेश सांसदहरूले नै प्रधानमन्त्रीका उम्मेदवार तत्कालीन गृहमन्त्री रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई मतदान नगरेको हुनसक्ने स्रोतको दाबी छ । मुखले ठीक पारे पनि उनीहरूले बादललाई ‘अवसरवादी बन्दै एमाले प्रवेश गर्ने,मन्त्री खाइरहने, सांसद पनि चाहिने’ भन्ने विश्लेषणपछि भोट नहालेको बताइन्छ ।

अर्कोतर्फ पछिल्लो स्थानीय र प्रदेश निर्वाचनमा जितेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कतिपय उम्मेदवार भनेका त्यतिबेला अध्यक्ष ओलीले टिकट वितरण गर्ने बेला निचोर्दा पनि फुत्केकाहरू हुन् । उनीहरूले अहिले बालुवाटारको उम्मेदवारलाई मत नदिनु त्यति ठूलो कुरो पनि भएन । जति आफ्नै भनेकाले मतदान नगरेको सन्दर्भ बाहिर आइरहेको छ ।

टिप्पणीहरू