स्वास्थ्यलाभपछि पनि पूर्वरानी कोमलको नाकमा अझै अक्सिजनको पाइप
गत महिना कोरोना संक्रमणपछि नर्भिक अस्पतालबाट निर्मल निवास फर्कनुभएका पूर्वराजा र रानीले दुई हप्ताको उपचारपश्चात् स्वास्थ्यलाभ गरेको भन्दै आफ्ना शुभचिन्तकलाई आभार व्यक्त गर्नुभएको छ ।
भिडियो सन्देशमा उहाँले महामारीको समयमा अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सफाइकर्मीलगायत सामाजिक कार्यकर्तालाई धन्यवाद व्यक्त गर्दै दुबैजना पूर्ण स्वास्थ्यलाभको क्रममा रहेको उल्लेख गर्नुभएको छ ।
तर भिडियोमा कोमल शाहले नाकमा अक्सिजनको सहायता लिएको समेत देखिन्छ । उहाँलाई ०५८ जेठ १९ को दरवार हत्याकाण्डमा गोली लागेको थियो ।
सन्देशमा ज्ञानेन्द्र शाहले महामारी रोक्न सबैको संकल्पका साथ बाहिरी सहयोगको आवश्यकता रहेको बताउँदै प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि धन्यवाद दिनुभएको छ ।
साथै उहाँले उपचारमा रहेका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महामारीमा जीवन गुमाउनेहरुको आत्माको चीरशान्तिको कामना समेत गर्नुभएको छ ।
टिप्पणीहरू