कुलेश्वर र कालिमाटीमा अत्यधिक भीड,३ जना नियन्त्रणमा
लामो निषेधाज्ञाले घरभित्रै गुम्सिएको अवस्थामा आजबाट निषेधाज्ञा केही खुकुलो हुँदा कुलेश्वर र कालिमाटीका तरकारी तथा फलफूल बजारमा अत्यधिक भीड देखिएको छ ।
सरकारले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा नखुल्दै ती स्थानमा बिहान ९ बजेसम्म अत्यधिक भीड देखिएको कालिमाटी वृत्तका प्रहरी नायव उपरिक्षक अपिल बोहोराले बताउनुभएको छ ।
बन्दाबन्दीको समयमा मानिसले घरबाट बाहिर निस्कने अवस्था नरहेको बताउँदै बोहोराले लामो समयपछि आंशिक रुपमा निषेधाज्ञा खुकुलो पार्दा उक्त भीड देखिएको हो । उहाँले बिहान ९ बजेपछि भने भीड कम भएको जानकारी दिनुभएको छ ।
त्यस्तै,सरकारले तोकेको समयभन्दा बढी समयसम्म पसल खोल्न खोज्ने तीन जनालाई सोही क्षेत्रबाट नियन्त्रणमा लिइएको पनि बोहोराको भनाई छ ।
टिप्पणीहरू