मधेसका मन्त्रीले शपथ लिने तयारी,एमालेका को-को बाहिरिने ?

मधेसका मन्त्रीले शपथ लिने तयारी,एमालेका को-को बाहिरिने ?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा आफूहरु समाहित हुने भन्दै जसपाको ठाकुर-महतो खेमाले प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर आफ्नो पक्षबाट मन्त्रिमण्डलमा सहभागी हुने ८ मन्त्री र २ राज्यमन्त्रीको नाम बुझाएको छ । राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ राज्यमन्त्रीसहित ओली नेतृत्वको सरकारमा सामेल हुन लागेको पूर्व राजपाका नेताहरुले समेत पुष्टि गरेका छन् ।

जसअनुसार महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालय सम्हाल्ने बताइएको छ । यसरी मधेशका धेरै जना नेतालाई क्याबिनेटमा समेट्दा ओलीका चार जना खास मन्त्रीबाहेक अरु सबै पुरानाको भने पद गुम्ने भएको छ ।

जसअनुसार अर्थमन्त्री विष्णु पौडेल,निर्माण तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मात्र निरन्तरता पाउने भएका छन् । पाैडेललाइ उपप्रधानसहित अर्थ, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामांगलाइ स्वास्थ्य र रघुवीर महासेठलाइ परराष्ट्र मन्त्री बनाइएकाे छ ।

यसैबीच बालुवाटारमा अहिले क्याबिनेटकाे बैठक डाकिएकाे छ । शपथ ग्रहण कार्यक्रम राती ८ बजेकाे लागि शीतल निवासमा तयारी गरिएकाे छ ।

मधेशी नेताहरुकाअनुसार शरदसिंह भण्डारीले ऊर्जा तथा जलस्रोत,लक्ष्मणलाल कर्णले भूमिसुधार,अनिल झाले खानेपानी,विमल श्रीवास्तवले श्रम तथा रोजगार,उमाशंकर अगरियाले वन तथा वातावरण र भूमिसुधार, एकवाल मियाँले युवा तथा खेलकुद,चन्दा चौधरीले महिला मन्त्रालय सम्हाल्ने बताइएको छ ।

त्यसैगरी,रेणुका गुरुङ महिला राज्यमन्त्री,चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री रहनेछन् ।

टिप्पणीहरू