आगामी वर्षायाममा ठूलै विपद् आउनसक्ने सरकारी चेतावनी

आगामी वर्षायाममा ठूलै विपद् आउनसक्ने सरकारी चेतावनी

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपतको सामनाको निम्ति आवश्यक पूर्वतयारी गरिरहेको जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी डा.अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपद्मध्ये बाढी, पहिरोलगायतका घटनाको प्रतिकार्य गर्न प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल थालेको बताउनुभयो ।

कोभिड संक्रमणको जोखिम शहरबाट गाउँसम्म पुगेको अवस्थामा विपद्को समयमा उद्दारमा खट्ने जनशक्तिलाई संक्रमण हुनबाट जोगाउनु नै अहिलको चुनौति रहेको प्रमुख पोखरेलले बताउनुभयो ।

विपदमा उद्धार ब्यबस्थापन गर्न पहिलो पक्ष स्थानीय सरकार भएकोले र अहिले स्थानीय सरकारहरुले विपदपूर्वको काम गरिरहेको पनि उँहाले बताउनु भयो ।

सरकारले विपद्को समयमा खट्ने वर्गको पहिचान गरि तिनलाई बेलैमा खोप लगाउन सके उद्धारमा सहज हुने उहाँको भनाई छ ।

विपद् पश्चात् उद्धारमा खट्ने फ्रन्टलाइनर्सहरुलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यो वर्ष विपद्का घटना बढ्नसक्ने सम्भावना रहेको भन्दै उहाँले जोखिम कम गर्ने सम्बन्धमा पूर्वतयारी थाल्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

टिप्पणीहरू