ललितपुरकी उपमेयरमा कोरोना संक्रमण,स्थगित नगरसभा सुचारु

ललितपुरकी उपमेयरमा कोरोना संक्रमण,स्थगित नगरसभा सुचारु

ललितपुर महानगरपालिकाको गत बिहीवार र शनिवार स्थगित छैठौं नगरसभा आज दिउँसोबाट सुचारु भएको छ । नगर प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा भएको आजको सभामा झण्डै डेढ सय जनाको उपस्थिति रहेको छ ।

शंखमूलस्थ्ति यल्लो दरबार पार्टी प्यालेसको सभामा उपमेयर गीता सत्याल भने हुनुहुन्न । उहाँमा कोरोना संक्रमण पुष्टि भएपछि आज,हिजो र बिहिवारको सभामा उपस्थित ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । सत्याल बाहेक अरुको परीक्षण नेगेटिभ आएपछि नगरसभा सुचारु गरिएको हो ।

आजको बैठकमा यसअघि बहिष्कार गरेका नेकपा माओवादी केन्द्र र एमालेबाट निर्वाचित वडा अध्यक्षहरु पनि सहभागी भएका छन् ।

टिप्पणीहरू