दोस्रो चरणको आन्दोलन गर्ने शिक्षकको उद्घोष

दोस्रो चरणको आन्दोलन गर्ने शिक्षकको उद्घोष

नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको निम्ति आज धर्नासहित ज्ञापनपत्र बुझाउने भएको छ । पूर्वघोषित आन्दोलनको कार्यक्रमअन्तर्गत महासंघको कीर्तिपुर समितिले कीर्तिपुर नगरपालिकामा धर्नासहित ज्ञापनपत्र बुझाउन लागेको हो ।

विद्यालयका कर्मचारी र बालकक्षाका शिक्षकको बढेको तलब सुनिश्चितता गर्नुपर्ने,कार्यालय सहायकको सामयिक तलवमानको घोषणा गर्नुपर्ने,शिक्षक र कर्मचारीबीच ग्रेडमा रहेको विभेद हटाउनुपर्ने, एसर्ईईको नतिजा मूल्याङ्कनमा संलग्नलाई पारिश्रमिकको प्रबन्ध हुनुपर्ने,शैक्षिक संवाद समितिको सक्रियता,गोल्डेन हेन्डसेक लिन छुटेका शिक्षकको रकम निकासालगायतका माग राख्दै समितिले धर्नासहित ज्ञापनपत्र बुझाउन लागेको हो ।कार्यक्रममा समितिका अध्यक्ष कुमार बजगाईं,शिक्षक आन्दोलन समितिका सदस्यहरु,एकीकृत राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष अर्जुन महर्जन,राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जुजुभाइ महर्जन, आन्दोलन समिति सदस्य रविन महर्जनलगातको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू