राजावादीहरुको माइतीघरमा भेला

राजावादीहरुको माइतीघरमा भेला

सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गरेको र नेपाल बार एसोशियसनले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध आन्दोलन गरेको बिरोधमा नजिकैको माइतीघरमा आज राजावादीहरु भेला भए । उनीहरुले नेपाल बारले आयोजना गरेको बिरोध कार्यक्रमको चर्को आलोचना गरेका छन् ।

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा २०७८, महिला केन्द्रीय समितिको आयोजनामा माइतीघरमा बिरोध शुरु भएको हो । मोर्चाले अखण्ड नेपाल हिन्दू अधिराज्य पुनर्स्थापनाको माग गर्दै आएको छ । उसले नेपाल बार एसोसियसनले गर्दै आएको प्रधानन्यायाधीश राणाबिरोधी कार्यक्रमको प्रतिकार गर्ने जनाएको छ ।

कार्यक्रममा मोर्चाका संयोजक तारानाथ लुईंटेल,मोर्चा महिला विभागकी अध्यक्ष साबित्री क्षेत्री, मोर्चा राष्ट्रिय संयोजक तथा पुनर्उत्थानवादी नेपालका संयोजक शेखरजङ्ग रायमाझी,स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवाल,अधिवक्ता भूमिनन्द चुडाल,वरिष्ठ अधिवक्ता विष्णु भट्टराईलगायतको सहभागिता रहेको छ ।

टिप्पणीहरू