​उत्तर उड्ने, दक्षिण ओर्लिने !

उत्तरी छिमेकका मन्त्री फर्किनु र दक्षिणका दूत छिर्नु– यो हो, यो साताको नेपालको रोचक समाचार । 

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आफ्ना ९ सदस्यी टोलीसहित उतैबाट चार्टर गरेर ल्याइएको जहाज बि ८१३५ बाट हिजो मंगलबार बेइजिङ फिर्ता भइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजै अर्को दृश्य देखियो, दक्षिणी दूतको । विदेशमन्त्री वाङ बेइजिङका लागि उडेलगत्तै काठमाडौं विमानस्थलमा दिल्ली–काठमाडौं उडानअन्तर्गतको इण्डिगो अवतरण भयो र त्यसबाट ओर्लिए भारतीय पूर्वराजदूत रञ्जित रे । उनी १ः४० को इण्डिगोबाट काठमाडौं ओर्लिएका हुन् । 

उता, केही समयपछि काठमाडौं भ्रमणको तयारीमा रहेका चिनियाँ राष्ट्रपति सि जिनफिङ कला र संस्कृतिप्रेमी हुन् । समय मिले चीनद्वारा निर्माणाधीन वसन्तपुर दरबार स्क्वायर र भक्तपुरको निरीक्षण गर्ने सम्भावना छ । त्यस क्रममा वसन्तपुर दरबारको निर्माण प्रगति हेर्न विदेशमन्त्री वाङ सोमबार राति नै पुगेका थिए । विदेशमन्त्री वाङ बेइजिङ फर्किनु ठीक अगाडि राष्ट्रपति सिको भ्रमणको सुरक्षा तयारीमा आएका मेजर जनरल लि सिजोङचाहिँ २७ सदस्यीय टोलीसहित सिए ४०८ उडानबाट ल्हासा फिर्ता भएका छन् । दलाई लामा भारत निर्वासित भएको र तिब्बत चीनको पूर्णव्यवस्थापनमा चलेको ७० वर्ष पुगेको अवसरमा राष्ट्रपति सि ल्हासा पुग्दै छन् । त्यही सेरोफेरोमा भारत र नेपालको भ्रमण हुने भनी जनआस्थामा दुई महिनाअघि नै समाचार प्रकाशन भएको थियो !

टिप्पणीहरू