​उत्तरबाट दिइएको आस, यस्ता छन् कुरा खास

यदि, नेपालले हिम्मत नहार्ने हो, संकेत गरिएजति काम गर्न दिने हो भने (पूर्व–पश्चिम) महेन्द्र राजमार्गजस्तै सहज बन्दै छ, उत्तरी नाका । भन्न त प्रधानमन्त्रीले ‘वि एप्रिसेट यु’ भनेर हात लम्काउनु पनि भएको छ । तर, भविष्यमा के हुन्छ, हेर्दै जाऔँ ।

प्रधानमन्त्री केपी ओली र चिनियाँ विदेशीमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीबीच अस्ति सोमबार बालुवाटारमा भएको भेटघाटका क्रममा चीनले नेपालका विभिन्न पाँच नाकासँग चीनको रेल सम्पर्क स्थापित गर्ने प्रतिबद्धता जनाएको छ । त्यसमध्ये खासाबाट चार सय किलोमिटर दूरीमा रहेको सिगात्सेबाट सबभन्दा पहिला रेलसम्पर्क जोडिने भएको छ । सोमबारकै भेटमा विदेशीमन्त्री यीले बताएअनुसार मनाङमा अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माणसँगै मनाङलाई तिब्बतसँग जोड्ने नाका व्यवस्थित गर्ने योजना पनि सुनाए । यदि, उक्त नाका व्यवस्थित हुन सके र नेपालतर्फको स्थलमार्ग सहज बनाउन पनि चीन तयार भएको सन्देश उनले दिएका छन् । त्यस्तो भएको अवस्थामा तिब्बत हुँदै नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटकका लागि पनि यो राम्रो अवसर हुनेछ । योजना सुनेपछि प्रधानमन्त्री मुसुक्क हाँस्नुभयो र भन्नुभयो, ‘वि एप्रिसेट यु †’ यीबाहेक रसुवागढी, मुस्ताङ, किमाथांका नाकामा चिनियाँ यातायातको पहुँच विस्तार गर्ने र नेपालतर्फको स्थलमार्ग सहज बनाउने कुरामा पनि चिनियाँ योगदान रहने संकेत विदेशमन्त्री यीले दिएका छन् ।

त्यसमध्ये नेपाल सरकारले उत्तर र दक्षिण जोड्ने नमुना परियोजनाका रूपमा किमाथांका–जोगबनी सडक निर्माणलाई तीव्रता दिइसकेको छ । यो भ्रमणका क्रममा सडक सञ्जालमार्फत दुई देशको दुरी घटाउने विदेशमन्त्रीको प्रतिबद्धता बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को दोस्रो बैठकले छनोट गरेका ६४ परियोजनासँग सम्बन्धित छन् । ‘इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटी’ परियोजनामा चीनले नेपाललाई समेटेको विदेशमन्त्री यीले प्रधानमन्त्रीलाई सुनाए । त्यसमा ‘नेपाल–चीन ट्रान्स–हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्कअन्तर्गत नेपाल–चीन क्रस बोर्ड रेल्वे पनि सामेल छ । स्मरणीय छ, चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीबाट रेलमार्ग निर्माणका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौताले नेपालको व्यापार विविधीकरणमा सहयोग हुनुका साथै नेपालको व्यापार वृद्धिमा त्यसले योगदान पुग्नेछ ।

सोमबार प्रधानमन्त्रीसँगको भेटमा विदेशमन्त्री यीले राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई शीघ्र सफल बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले भन्नुभयो, ‘वि आर हर्री टु वेलकम हिम…† (हामी उहाँलाई स्वागत गर्न आतुर छौँ)’

प्रधानमन्त्रीसँगको भेटपछि विदेश मन्त्री वाङ साँझ ६ बजेर ३५ मिनेटमा बालुवाटारबाट निस्किएका थिए । उनी त्यहाँबाट सोझै शीतल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न पुगे । त्यहाँ झण्डै ४५ मिनेटको भेटघाटपछि ७ बजेर २६ मिनेटमा निस्किएका थिए । शीतल निवासबाट उनी ७ बजेर ३४ मिनेटमा होटल याक एन्ड यती पुगेका थिए । त्यहाँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रात्रिभोज आयोजना गर्नुभएको थियो । त्यहाँबाट राति ९ः१५ मा निस्किएका विदेशमन्त्री यी ९ः२३ मा बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगी ९ः३६ मा भूकम्पपछि क्षतिग्रस्त भई चिनियाँ कम्पनीले पुनर्निर्माण गर्दै रहेको वसन्तपुर दरबार क्षेत्र अवलोकन गर्न पुगेका थिए । राति ९ः५० मा वसन्तपुर पुगेका उनले सवा घण्टा अवलोकन गरे, ११ बजेर २० मिनेटमा त्यहाँबाट द्वारिकाज होटलतिर लागे । 

आइतबार ५ बजेर ५६ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका उनी सोझै होटल द्वारिकाज पुगेका थिए, त्यतिबेला ६ बजेर १८ मिनेट गएको थियो । त्यो साँझ काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीबाहेक अरू कोहीसँग उनले भेटेनन् । भोलिपल्ट, अर्थात् सोमबार विहान १० बजेर ६ मिनेट जाँदा चन्द्रागिरि हिल्सका लागि निस्किएका उनी १० बजेर ४४ मिनेट जाँदा चन्द्रागिरि उक्लिसकेका थिए । त्यहाँबाट १ बजेर २० मिनेट जाँदा फर्किएका उनी दुई नबज्दै फेरि द्वारिकाज होटल पुगेका थिए । दिउँसो सवा ३ बजे द्वारिकाजबाट होटल याक एन्ड यती पुगेर उनले नेपालमा सञ्चालित विभिन्न चिनियाँ परियोजनाबारे ब्रिफिङ लिएका थिए । त्यहाँ एक घण्टाको ब्रिफिङपछि ४ बजेर ५७ मिनेट जाँदा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार निस्किएका थिए ।

हिजो मंगलबार साढे १० बजे नक्सालस्थित होटल मेरियट इनमा नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग उनले भेटे । सोमबार प्रधानमन्त्रीसँग भएकै कुरा उनले दोहो¥याए । त्यहाँबाट बालुवाटरस्थित चिनियाँ दूतावास पुगेका उनले बिहानको खाना त्यहीँ खाए । त्यहाँबाट होटल द्वारिकाज जाने र विमानस्थल पुग्ने पूर्वनिर्धारित कार्यक्रम भने संशोधन भयो । उनी दूतावासबाट हिजो सोझै विमानस्थल पुगी स्वदेश फर्किए ।

 

टिप्पणीहरू