‘काण्डे कर्णेल’ फेरि क¥याप्पै

‘राम्री’ देख्दा सम्हालिन नसक्ने पुरानै बानीले गर्दा यतिबेला एकजना लेफ्टिनेन्ट कर्णेल सैनिक हिरासतमा छन् ।

जागिर खाएदेखि काण्डैकाण्डमा पर्नाले कतै ‘काण्डे’ त कतै ‘घामट’ जस्ता उपनामले बोलाइने लेफ्टिनेन्ट कर्णेल सनिज रेग्मी पछिल्लोपटक महिला सैनिकमाथि दुव्र्यवहार गर्नाले हिरासतमा राखिएका हुन् । २७ बेसिकका सनिज काठमाडौं, बत्तीसपुतलीका बासिन्दा र ‘पुतलीका सोखिन’ भनेर पनि चिनिन्छन् । यिनैले हो, कालीप्रसाद गणका अफिसरकी पत्नीलाई दुव्र्यवहार गर्न खोज्दा पावर लगाएर उम्किएका थिए ।

ती अफिसरकी पत्नी कलंकीतिर माइत भएकी पूर्वमिस नेपाल हुन् । सनिजले यसअघि सात दिन गयल हुँदा ६ बाहिनी, बैरेनीमा पदोन्नति रोक्काको सजाय पाइसकेका थिए । हिजो, अर्थात् भदौ २४ गते कार्यकालको पहिलो वर्ष पूरा गरेका प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकृतहरूका यस्ता हर्कतमाथि सम्झौताहीन कारबाही थाल्ने प्रण गरेका छन् । लेफ्टिनेन्ट कर्णेल सनिजका लागि सम्भवतः यो सजाय करिअर सकिने हदसम्म पुग्नेछ । जागिर खाएदेखि अहिलेसम्म उनका काण्डको चर्चा ग¥यो भने लामै फेहरिस्त उत्रिने उनका सहकर्मी बताउँछन् । उनको ब्याचका उनी मात्र हुन्, अहिलेसम्म लेफ्टिनेन्ट कर्णेलमा थन्किने । हिरालाल जोशी, दीपक बानियाँ, नारायण सिलवाल, शंकर पण्डितलगायत उनका ब्याची ब्रिगेडियर जनरल (सहायक रथी) भइसकेका छन् ।

टिप्पणीहरू