जंगीमा छोटे ठेकेदार ठहरै
झट्ट देख्दा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनजस्तै आकर्षक देखिन्छ । तर, त्यसभित्रको दुःख देखोस् कसले ?
जंगी अड्डा हातामा खडा भएको भव्य महलको अन्तर्कथा बाहिरबाट देखिनेभन्दा फरक छ । पाँच तला बनेर सञ्चालनमा पनि आइसक्यो । छैठौं तलामा अडिटोरियम हल बनाउने र छेउमै डेढ दुई सयलाई भव्य भोज दिन सकिने ब्यांक्वेट र हल बनाउने योजना छ । हेलिकप्टरलाई मैदानमा हैन, भवनकै माथिल्लो तलामा अवतरण गराउन मिल्ने गरी हेलिप्याड निर्माण गरिने डिजाइन पनि छ । यस्तो योजना शुरु भएको हो, ०७२ को महाभूकम्पपछि । यस निम्ति तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको पालामा तीन अर्बभन्दा बढीको परियोजना बनाइएको थियो । पेटी ठेकेदारहरुलाई जिम्मा लगायो । तर, खुद्रे ठेकेदारले पैसा पाएनन् । अहिले तिनलाई जंगी अड्डामा बोलाएर, फकाएर काम लगाइँदैछ ।
यससँगै फास्टट्रयाकमा भएको घोटालाबारे सोधपुछको काम चलिरहेको छ । त्यहाँ सैनिक कामदार बस्न ६ ठाउँमा अस्थायी शिविर बनाइएको छ । विगतमा उक्त परियोजनाका लागि कसलाई र कति भुक्तानी भयो ? सामान कति बाँकी छन् जस्ता कुरा बुझिँदै छ । गुगल म्याप प्रयोग गरेर निर्माणकार्यलाई तदारुकता दिइएको छ । सैनिक कामदारले नपुगेर आउटसोर्सिङ गर्दै बाहिरका विज्ञ पनि हायर गरिएको छ ।
टिप्पणीहरू