चिनियाँ ब्यापारीको बदमासी

चिनियाँ ब्यापारीको बदमासी
चिनियाँ ब्यापारीको बदमासी असल छिमेकीको नाताले उदारतापूर्वक व्यापार ब्यवसायमा छुट दिदै आएको नेपालले खराव मतिका केही ब्यक्तिको कारण दु:ख पाउन थालेको छ ! यस्तै मध्येका हुन् (王云鹏 Wang yun peng ) वाङ्ग युन फेङ्ग नामक ब्यापारी जसको चिङ्ग मन पिङ्गुआन होटेल र च्यालिङ्ग पेभिलियन होटेल ठमेलमा सन्चालित छन् । यिनले 14 April 2019 मा केरुङ्ग नाकाबाट छिराएको गाडी जसको स्टियरिङ्ग नेपालको भन्दा फरक देब्रे साइडमा छ।
चिनियाँ नम्बर प्लेट (A-5U 685) राखेर काठमाण्डौतिर गुडिरहेको पाइन्छ । सक्कली हो कि नक्कली हो ठेगान छैन,यिनैले फागुन ३० गते शुक्रवार (13th of March) खुकुरीलगायतका हतियार प्रयोग गरी ठमेलका अरु व्यापारी र ट्याक्सी चालकहरुलाई लखेटेका थिए । पछि प्रहरीबाट पक्राउ परेलगत्तै कोठा खानतलासी गर्दा लागुऔषध बरामद भएको थियो । यस्ता बिदेशीहरुको अवान्छित गतिविधिलाई बेलैमा कडाइका साथ नियन्त्रण नगरिए छिमेकी रास्ट्रको छवि धमिलिने मात्र नभई नेपालको प्रमुख पर्यटकीय क्षेत्र ठमेलका स्थानीय वासिन्दासङ्ग दैनिक झडप परिरहने सम्भावना पनि उत्तिकै रहेको अध्यागमन बिभागसम्बध्द सूत्र बताउँछ ।

टिप्पणीहरू