अत्यावश्यक भन्दै खोलेपछि….

अत्यावश्यक भन्दै खोलेपछि….

कोरोना संक्रमणलाई रोक्न सरकारले राजपत्रमा उल्लेख गरिएका १७ वटा विषयसँग सम्बन्धित कार्यालय मात्र खोल्ने बतायो । तर, राजपत्रमा अत्यावश्यक भनेर उल्लेख नै नगरिएको सेयरबजार एकाएक खुलाइयो । प्रधानमन्त्रीले आइतबार साँझ देशबासीलाई सम्बोधन गर्दै अत्यावश्यकले कार्यालय खोलेर काम सुचारु गर्ने तर अनावश्यकले कार्यालय खोली कर्मचारीले हाजिर मात्र गर्ने बताएका थिए ।

शनिबार पुँजी बजारसँग सम्बन्धित विभिन्न पाँचवटा संस्थाका प्रतिनिधिले नेप्सेका सीईओ चन्द्रसिंह साउदसमक्ष सेयरबजार अत्यावश्यक सेवा नभएकाले अहिलेको महामारीमा खोल्न नहुने भन्दै ज्ञापन पत्रै बुझाएका थिए । तर, एकाएक आइतबार दिनभरी सेयर बजार खुल्यो । केही कारोबार पनि भयो ।

सेयरबजारको नियमनकारी धितोपत्र बोर्डले सरकारको निर्देशनको अवज्ञा गर्दै बजार खोलेकोमा नेप्सेका कार्यकारीलगायत केही सेयर खेलाडीलाई समेत तत्काल कारबाही गर्नुपर्नेमा ओठे जवाफ मात्र फर्कायो । बरु उसले अर्थमन्त्रालयको संकेत कुर्यो ।

आइतबार बेलुकी सरकारको निर्देशन भन्दै आगामी शनिबारसम्मको लागि सेयरबजार बन्द गर्न निर्देशन दियो र आइतबारको अवज्ञा र त्यसको कारबाहीमा बोर्ड मौन बस्यो ।

टिप्पणीहरू