सडकमा ननिस्किनु, अत्यावश्यक सामान अनलाइनबाट मगाउनु : काठमाडौं महानगर

सडकमा ननिस्किनु, अत्यावश्यक सामान अनलाइनबाट मगाउनु : काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले लकडाउन पूर्ण पालना गर्न नगरवासीलाई आग्रह गरेको छ । सरकारले गरेको कडाइप्रति बेवास्ता गरेकै कारण अमेरिका र युरोपेली देशहरुमा कोभिड–१९ को महामारी फैलिएको भन्दै महानगरले थप सचेत र सतर्क रहन पनि ध्यानाकर्षण गराएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी महानगरभित्र असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने वर्गका लागि तत्काल राहत उपलब्ध गराउने जनाएका छन् । राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न कामपा कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड २०७६ पारित गरिएको विज्ञप्तिमा उल्लेख छ । अत्यावश्यक सामान किन्नका लागि बाहिर निस्केर भीडभाड गर्नुभन्दा सम्भव भएसम्म अनलाइनबाट मगाउन पनि महानगरले सुझाएको छ ।

टिप्पणीहरू