मुख्य रजिष्ट्रार कुँवर एक महिने विदामा

मुख्य रजिष्ट्रार कुँवर एक महिने विदामा

उच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएपछि असन्तुष्ट बनेका सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले एक महिना लामो घर विदा लिएका छन् । उनी यसअघि पनि एक साता विदामा बसेका थिए ।

चैत २५ गतेदेखि वैशाख २५ गतेसम्म एक महिनाको विदा स्वीकृत गराएर विदा बसेको सर्वोच्च स्रोतले जनाएको छ । कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीबाट विदा स्वीकृत भइसकेको छ । कुँवरले मुख्य रजिष्ट्रारबाट न्यायाधीश पदमा जान अस्वीकार गरेका थिए । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीश बनाउने निर्णयपछि कुँवर असन्तुष्ट छन् ।

गत चैत २५ गते कुँवरलाई तीन दिनभित्र उच्च अदालतमा हाजिर हुन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पत्र थमाएका थिए । कुँवर सोही दिनबाटै एक महिना लामो घर विदामा बसेका हुन् ।

टिप्पणीहरू