विशेष अदालत काठमाडौं

विशेष अदालतमा तराजु बोकेकी युवती

काठमाडौंको बबरमहलस्थित विशेष अदालत मुद्दा फछ्र्यौटसँगै परिसर सजावटका कारण विशेष चर्चामा छ । आजै अदालतको प्राङ्गणमा न्यायकी देवीको मूर्ति प्रतिस्थापन गरिएको छ ।  अदालत परिसरमा यस्तो मूर्ति पहिलो पटक राखिएको हो । त्यहाँको बगैँचा, हरियाली र फूलले वातावरणलाई नै विशेष बनाइदिएको नियमित रुपमा त्यहाँ पुग्ने कानुन व्यवसायीहरुको अनुभव छ ।