नेपाल विद्युत प्राधिकरण

बक्यौता नतिरे पनि छुटाइएको लाइन जोड्न पुगे प्राधिकरणका कर्मचारी

नेपाल विद्युत प्राधिकरणले यसअघि बिजुलीको लाइन काटिएका उद्योगहरुमा धमाधम लाइन जोड्न थालेको छ । ऊर्जा मन्त्रालयमा भएको प्राधिकरण सञ्चालक समितिको बैठकले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै उता लाइन जोड्न प्राधिकरणका प्राविधिकहरु सम्बन्धित उद्योग र कारखानामा पुगेका हुन् । सरकारले २४ घण्टाभित्र लाइन जोड्न अस्ति साँझ प्राधिकरणलाई ऊर्जा मन्त्रालय मार्फत् २४ घण्टाको म्यादसहित निर्देशन दिएको थियो । तर प्राधिकरण नेतृत्वले बक्यौता रकम उठेपछि मात्रै लाइन जोड्ने अडान लियो । दिउँ…