ई. रविना श्रेष्ठ

स्वप्नील शहरमा रुपान्तरित चुहाई

मे १८, २०२४  छिमेकी मुलुक जनगणतन्त्र चीनको राजधानी बेइजिङ्गमा आगमन भएको नौ दिन बितेको छ । उज्जवल भविष्यको निम्ति समयको अघिपछि भागदौड गर्दै संघर्षको पाइलालाई केही समय थाँती राखेर अल्पकालीन नयाँ जीवन यात्रामा हुटहुटीका साथ निस्केकी उत्सुक यात्री म ।  नयाँ ठाउँ, नौलो परिवेश, अनि काठमाडौंको कोलाहलपूर्ण वातावरणभन्दा छुट्टै र अनौठो अनुभूति भइरहेको छ । विकासको चरमोत्कर्षमा पुगिसकेको बेइजिङ्गलाई छोडेर चीनकै उत्तर पूर्वी किनारामा रहेको ग्वाङ्गडोङ्ग राज्यको चुहाई …