वैदेशिक रोजगार व्यवसायी संघ
भाडा नघटेसम्म मेनपावर व्यवसायीले टिकट नकाट्ने
हवाई कम्पनीहरुले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेपछि वैदेशिक रोजगार व्यवसायी संघले श्रमिक पठाउन रोक्ने चेतावनी दिएको छ । संघले आज विज्ञप्ति जारी गर्दै नियमित भाडादर कायम नहुँदासम्म टिकट नकाट्ने चेतावनी दिएको हो । नेपालबाट दैनिक १५ सय श्रमिक वैदेशिक रोजगारीमा मलेसिया, कतार, कुवेतलगायत देशहरु जाने गरेकोमा अन्तर्राष्ट्रिय उडान भरिरहेका एयरलाइन्स कम्पनीहरुले अस्वभाविक रुपमा हवाई भाडा वृद्धि गरेको संघले बताएको छ । ‘अन्तर्राष्ट्रिय उडान भरिरहेका एयरलाइन्स कम्पन…