पुल्चोकस्थित मन्त्री क्वार्टर

विदेशी पाहुना कहाँ बस्ने ?

विश्वका हरेक मुलुकमा विदेशी पाहुनालाई राख्न सुविधासम्पन्न सरकारी गेष्ट हाउसको व्यवस्था गरिएको हुन्छ तर नेपालमात्र यस्तो मुलुक हो, जहाँ भिभिआइपी वा भिआइपीलाई निजी तारे होटल सोल्टी, द्वारिका वा हायाततिर दौडाउनुपर्ने बाध्यता छ । यसअघि विदेशी पाहुनालाई राख्ने तयारी हुँदाहुँदै अन्तिममा रद्द भएको पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब सर्वाेच्चका श्रीमान्हरू भेटिनेछन् । १० फागुन ०७९ को मन्त्रिपरिषद् बैठकले पुल्चोकबाट मन्त्रीहरूलाई भैँसेपाटीका क्वार्टरतिर सार्ने र सर्वोच्चका न्यायाधीश र मुख्य …