पुराना सवारी साधन

अवरोधका बाबजूद हट्दै २० वर्षे सवारी साधन

मुलुकभरका सडकबाट अब २० वर्षे पुराना सवारी साधन हट्ने भएको छ । सर्वोच्च अदालतको फैसलासँगै सरकारलाई २० वर्षे पुराना गाडी हटाउन बाटो खुलेको छ । उच्च अदालतको आदेश सर्वोच्चले सदर गरिदिएसँगै तोकिएको २० वर्षे आयु नाघेका गाडीहरु अब सिधै पत्रुमा परिणत हुनेछन् । सरकारले एक दशकअघि बनाएको २० वर्षे सवारी साधन विस्थापन नीति कार्यान्वयनमा जान नदिन यातायात व्यवसायीले विभिन्न रणनीति अपनाउँदै आएका थिए । कहिले आन्दोलन, कहिले मन्त्रीहरु कहाँ डेलिगेशन जान्थे । निर्णय कार्यान्वयनमा रोक्न …