रमेश गिरी      

अष्ट्रेलिया यात्रा : भारतबाट गमन, चीनबाट आगमन

सन् २०२४ अक्टोबर ३ को दिन हाम्रो जोडी (शारदा र म) अष्ट्रेलिया भ्रमणका लागि घरबाट बिदा भयौं । असोज १२ गतेको बाढीले ध्वस्त बनाएको काठमाडौंका सडकलाई छिचोल्दै एयरपोर्टतिर जाँदा पनि मुसलधारे पानी परिरहेको थियो । अवस्था यतिसम्म खराब थियो कि उडान हुन्छ कि हुँदैन भनेर मनमनै डराएको थिएँ । एयरपोर्ट पुग्दासम्म वर्षा केही थामिएकाले मन शान्त भयो । पानी जति कम हुन्थ्यो, हामी त्यति खुशी हुन्थ्यौं । एअर इण्डियाको बिहान सवा १० बजेको हाम्रो फ्लाइट थियो । असनका एक व्यापारीले उक्त एअरलाइन्स…