प्रचण्ड,माधवकुमार ,राजेन्द्र लिङ्गदेन

प्रचण्ड र माधव बसेको ठाउँमा लिङ्ग्देन फुत्त पुग्दा

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थन प्राप्त एमाले नेतृत्वको दुई दलीय सरकार चरम संकटमा परेको प्रतिपक्षीहरुले निष्कर्ष निकालेका छन् । संविधान संशोधनलाई प्रस्थान विन्दु बनाई राजनीतिक स्थायित्व र आर्थिक सम्मृद्धिको लक्ष्य लिएर गठन भएको सरकार घोषित प्रतिवद्धताअनुसार अघि बढ्न नसकेको भन्दै गठबन्धनभित्रैबाट आलोचना भैरहँदा विपक्षीहरुले त्यस्तो निचोड निकालेका हुन् । सरकार आफैँ ढल्ने अवस्थामा रहेको निश्कर्षका साथ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्…