प्रचण्डले काेल्टे फेरेपछि जिम्मेवारी हेरेफेर
‘ओली, देउवा र प्रचण्ड मुलुकको शीर्ष नेतृत्व हुन्, तर उनीहरु सबै एउटै होइनन् । दुई तिहाई शक्तिको उन्मादमा जनता बिर्सिएका ओली र देउवालाई जनतासँग माफी माग्दै, गल्ती स्वीकारोक्ति गर्दै, आत्मसमीक्षा गर्दै हिँडिरहेका प्रचण्डसँग तुलना गर्न मिल्दैन’, सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाले हालै यस्तो टिप्पणी गरे ।
उनी आफैँ माओवादी केन्द्रका नेता हुन्, तर भन्छन्, ‘मेरो नेता भएको नाताले यो कुरा गरेको होइन, तीन पात्र एउटै हुन् भनेर गलत भाष्य नि…