बैंक कानुन

डेपुटी अनिवार्य रहेन,‘वरिष्ठ’बारे चर्चा शुरु

नेपाल राष्ट्र बैंकमा रिक्त हुन लागेको गभर्नर पदमा सिफारिस हुने तीन जनाबारे विभिन्न अड्कल गर्न थालिएको छ । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ गते सकिँदै छ । त्यसअघि नयाँ गभर्नर सिफारिसका लागि सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएकाे छ । पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद डा. विश्व पौडेल रहेकाे कमिटीले चर्चामा आएकामध्ये तीन जनाको नाम क्याबिनेटसमक्ष सिफारिस गर्नुपर्ने छ ।  कमिटीको आजसम्म औपचारिक बैठक न…