शिक्षा ऐन

संसद भवन घेर्ने, उत्तरपुस्तिका नजाँच्ने रणनीतिमा गुरुहरू

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै देशभरबाट काठमाडौँ ओहिरिएका शिक्षकहरु संसद भवन घेर्न कस्सिए । नेपाल शिक्षक महासंघको अगुवाइमा आज माइतीघरमा भेला भएका शिक्षकहरु संसद भवन घेराउका लागि जुलुससहित नयाँ बानेश्वरतर्फ लम्किएका हुन् । प्रदर्शनमा डेढ लाख शिक्षक सहभागी भएको महासंघको ठहर छ ।  हिजो ६ बुँदे निर्देशन जारी गर्दै शिक्षकहरुलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनिएको थियो । सो क्रममा परिचयपत्र बोक्न, बोटविरुवालाई नकुल्चिन, पानीको बोटलहरु जथाभावी नफाल्न महासं…