सुरक्षा कमजोरी
चैत १५ को ताण्डवले दिएको सन्देश
चैत १५ गतेको विध्वंशमा सुरक्षा कमजोरी भएकै हो ? यो प्रश्न सोध्दा उच्च अधिकारीहरू भन्छन्, ‘फोर्स बाँड्नुपर्यो, त्यसैले नियन्त्रण गर्न सकिएन ।’ ठूलो संख्यामा प्रदर्शनकारी थिएनन् । तथापि उनीहरूले निकै ठूलो क्षति पुर्याए, लुटपाट गरे । आगजनी गर्न सफल भए । किन उनीहरूलाई बेलैमा नियन्त्रण गर्न सकिएन त ? तिनै अधिकारी जवाफ दिन्छन्, ‘दुर्गा प्रसाइँका मान्छेहरू धेरै थिएनन् । समाजवादी मोर्चाको तर्फ भने निकै नै ठूलो संख्या उपस्थित थियो । त्यसैले आफ्नो संख्या देखेर हौसि…