पशुपति क्षेत्र विकास कोष

मुआब्जा लिएर पनि जग्गा नछाड्नेहरुलाई ताकेता पुर्जी

पशुपति क्षेत्र विकास कोषले तीलगंगा आवास क्षेत्रका जग्गा खालि गराउन पुनः ताकेता गरेको छ ।  तीलगंगा आवास (बी १३) क्षेत्रमा बनाइएका भौतिक संरचना हटाउन यसअघि पटक–पटक गरेको आग्रह सुनुवाई नभएपछि कोषले असार १५ भित्र खालि गर्न अर्को निर्देशन दिएको हो । मुआब्जा पाइसकेको अवस्थामा पनि सम्बन्धित धनीले घर, टहरा, गोठ, पर्खालजस्ता संरचना नहटाएको कोषको गुनासो छ ।  यसपटकको निर्देशन पनि अटेर गरिए असार १५ पछि त्यस्ता संरचना आफैं हटाउन बाध्य हुने कोषको चेतावनी छ । …