प्रधानमन्त्रीको कटाक्ष- मान्छे खुवाएर बाघ पाल्न सकिंदैन !
प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ ।
काठमाडौँमा आज कोप २९ को समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनको क्षमता हेरेर मात्रै बाघ पाल्नुपर्ने धारणा राख्नुभएको हो । नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भएपनि अहिले ३ सय हाराहारीमा बाघ रहेको प्रधानमन्त्रीको दावी छ ।
अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने पनि उहाँले प्रष्ट पार्नुभयो । मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने बताउँदै ओलीले नेपाल…