अख्तियार दुरुपयोग

अदालतले होइन भनेपनि कुलो र अदुवामा भ्रष्टाचार भएकै छ : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषबाट विभिन्न मितिमा भएका फैसलामध्ये दुई वटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरिएको जनाएको छ ।  गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले काम गरेको र निर्माण रकम हिनामिना गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।  अदुवाको बीउ खरिदमा १३ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले …