माओवादी केन्द्र

माओवादी बैठकमा वर्षमानको प्रस्ताव - सुन तस्करी प्रकरणमा सबैको छानबिन गरौँ, दोषी प्रमाणित भए सजाय भोग्न तयार हौँ

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर बोल्दै पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति दिन नहुनेमा जोड दिए । सरकारको भ्रष्टाचारविरोधी अभियान सही रहेको भन्दै उनले त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गरे । पुन…