माओवादीले बनायो भोलिको एजेण्डा, अध्यक्ष प्रचण्ड संयोजक बन्दै
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले भोलिदेखि कमलादीस्थित प्रज्ञा भवनमा बस्ने बैठकमा प्रस्तुत गर्ने एजेण्डा निर्धारण गरेको हो । जसमा केन्द्रीय समिति भंग गर्ने प्रस्ताव छ ।
आजको बैठकले केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र विशेष महाधिवेशनको प्रस्ताव राख्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार अध्यक्षको प्रस्तावमाथि छलफल गरेपछि केन्द्रीय समित…