ललितपुर महानगरपालिका

पत्रकारलाई पुरस्कार नदिएको भन्दै आपत्ति

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई वेवास्ता गरिएकोप्रति नेपाल प्रेस युनियन ललितपुरले कडा आपत्ति जनाएको छ ।  युनियनले उक्त कार्यलाई पत्रकारिता क्षेत्रमाथिको अपमानजनक व्यवहार भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । युनियन ललितपुरले आज जारी गरेको विज्ञप्तिमा जिल्लामा क्रियाशील राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमका पत्रकारहरूले महानगरपालिकाका नीति–कार्यक्रम, विकास निर्म…