मुकुल ढकालको रिटमा कारण देखाऊ,छलफलमा बोलाऊ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश गरेको हो । त्यसैगरी, दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि भएको छ ।
आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै उनले सोही हैसियतमा काम गर्न पाउँ भनी हिजो रिट दायर गरेका थिए । रिटमा आफूलाई जिम्मेवारीमुक्त गर्ने रास्वपाको निर्णय उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ ।
उनले हाल थुनामा…