लाखको बिटोसहित कर्मचारी रंगेहात समातिए
नापी कार्यालय चाबहिलअन्तर्गत बूढानीलकण्ठमा कार्यरत दुई जना कर्मचारी घुस रकमसहित समातिएका छन् ।
चाबहिलको १ नम्बर नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्भेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । ‘
सर्भेक्षक के.सी. र अमिन भट्टले जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा आयोगबाट खटिई गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा घुसको ब…